aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

माछापुच्छ्रे बैंकको ऋणपत्रको आवेदन मिति थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
माछापुच्छ्रे बैंकको ऋणपत्रको आवेदन मिति थप

काठमाडौं । माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि जारी गरेको ऋणपत्रमा आवेदन दिने अवधि बढाएको छ । बैंकको ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि भदौ ३ गतेसम्म अन्तिम पटक समयअवधि थप गरेको बैंकले जनाएको छ । बैंकले छोटो अवधिमा साउन ९ गते तोकेको थियो । सो अवधिमा सबै ऋणपत्र खरीद नभएकाले मिति लम्बाइएको हो । 

बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता व्याक्तिगत संघ संस्थालाई विक्री गर्र्र्नेछ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा बि.सं २०८५ सम्मको लागि ऋणपत्र जारी गरेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

 धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ साथै आवेदकले आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस