aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जनसेवीको नाफा १ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
जनसेवीको नाफा १ करोड

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा  ३८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलानमा नाफा २७९ प्रतिशत बढी हो । लघुवित्तको शेयर कालिका लघुवित्तसँगको मर्जरपछि मात्र नेप्से सूचीकृत हुने भएको छ । 

कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ८५ प्रतिशत बढेर  ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा अघिल्लो आवको तुलनामा ३२७९ प्रतिशत वृद्धि भई  २ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ४ लाख ६३ हजार ३०० कित्ता शेयर आईपीओ बाँडफाँट गरेपछि चुक्तापूँजी १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको पूँजी  ९ करोड ८० लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको जगेडा कोषमा १ करोड ८९ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले ६६ करोड १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८७ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस