aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हकप्रद विक्री गर्न लागेको ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
हकप्रद विक्री गर्न लागेको ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलानमा नाफा ३३३ प्रतिशत बढी हो । 

ग्लाबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस कम्पनीले चौथो त्रैमासमा २७८ रुपैयाँ खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १४८ प्रतिशत बढेर १४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको सञ्चालन मुनाफा अघिल्लो आवको तुलनामा ३२० प्रतिशत वृद्धि भई  १० करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले शतप्रतिशत हकप्रद साउन २१ गतेदेखि जारी गर्दैछ । अघिल्लो आवमा ११ करोड रुपैयाँ रहेको चुक्तापूँजी गत आवको चौथो त्रैमासम्म  १८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा  ८ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले  ३ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी  ६१ दशमलव ६२ रहेको छ भने प्रतिशेयर नेटवर्थ  १७५ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस