aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

२३ वाणिज्य बैंकको नाफा कसको कति ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १० माघ २०७८
२३ वाणिज्य बैंकको नाफा कसको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये २३ वटा बैंक ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैंक हरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।

गत वर्ष सोही अवधिको तुलनामा बैंक हरुको नाफा ११।६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैंक  धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैंकले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो । 

यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैंक नाफामा पनि अगाडि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस