aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएमबि लघुवित्तले ६ करोड बढी कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
एनएमबि लघुवित्तले ६ करोड बढी कमायो

काठमाडौं । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्त वित्तीयले चालु आवको चौथो त्रैमासमा ६ करोड ९ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

चौथो त्रैमासमा कम्पनीको चुक्तापूँजी  १६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा कोषमा  १४ करो ३३ लाख रुपैयाँ जम्मा गरेको छ भने ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ५९ बाट घटेर २ दशमलव शून्य २ प्रतिशतमा झरेको छ । 

 असार मसान्तसम्म कम्पनीले ५४ ओटा जिल्लामा १ सय ओटा शाखा तथा उपशाखा खोलि ९७ हजार २९७ विपन्न परिवारलाई लघुवित्त सेवा दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस