aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लगानीका आकर्षण १३ वटा लघुवित्तको वित्तीय अबस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
लगानीका आकर्षण १३ वटा लघुवित्तको वित्तीय अबस्था

काठमाडौं । कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण धमाधम प्रकाशित भईरहेको छ । जसमध्ये १३ वटा लघुवित्त कम्पनीहरु पनि वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

तेस्रो त्रैमासमा सबैभन्दा बढी चुक्ता पूँजी फस्ट माइक्रोफाइनान्सको रहेको छ । जसको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसले यस तेस्रो त्रैमासमा खुद मुनाफा ९ करोड १८ लाख रुपैयाँ कमाएको छ । जबकी गत वर्षको तुलनामा २५ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको छ ।

१३ लघुवित्तमा सबैभन्दा कम चुक्ता पूँजी साधनाको ४ करोड ९ लाख रुपैयाँ रहेको छ । खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा नेशनल माइक्रोफाइनान्स रहेको छ । जसको खुद मुनाफा ९ करोड २७ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा यस कम्पनीले ५४ दशमलव २९ प्रतिशतले वृद्धि गरेको छ ।

सबैभन्दा कम नाफा स्पर्श लघुवित्तले जम्मा ६० लाख रुपैयाँ मात्र कमाएको छ । जबकी यस कम्पनीले नाफा बढाएको छ । गत वर्षको यस कम्पनीको ५६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा सबैभन्दा नाफा बढाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । जसले यस त्रैमासमा ११ करोड  ४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनाभन्दा २५५ दशमलव ७३ प्रतिशतले बढेको छ । गत वर्षको सोहिअवधिमा नाफा १ करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

त्यस्तै दोस्रो स्थानमा इन्फिनिटी माइक्रोफाइनान्सले पनि २१४ दशमलव १८ प्रतिशतले वृद्धि गरी २ करोड १९ लाख रुपैयाँ कमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस