
काठमाढौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।
लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीचे द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
धौलागिरी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको छ । यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
यस संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ । हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस