aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जनकशर्मा पौड्यालले आज बाट सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
जनकशर्मा पौड्यालले आज बाट  सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार

काठमाडौं ।सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले विहिबारदेखि कार्यभार सम्हालेका छन्।बैंकको असार २७ गतेको संचालक समिति बैठकले पौड्याललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए ।

अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस