
काठमाडौं।सिटिजन्स बैंकमा उच्च तहका जनशक्तिको बढुवा भएको छ।बैंकका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री,प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले,प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
यो बढुवा कात्तिक १ गतेदेखि लागु हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बढुवा भएका कर्मचारीको लामो अनुभव रहेको बताउँदै बैंकलाई थप उचाईँमा लैजाने विश्वास व्यक्त गरे।
करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमितले १५ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरिसकेका छन्। उनी अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एसएमई युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन्।
१९ वर्षको बैंकिंग अनुभव भएका काफ्ले विभिन्न पदमा रहेर बैंकिंग सेवा दिइरहेका छन्। शाखाको संचालन तथा व्यवस्थापन, नीति नियमको अनुपालन,संस्थागत कर्जा तथा एसएमई कर्जा जस्तो काम गरेका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा काम गरिरहेका छन्।
करिव १९ वर्ष देखि बैंकिंग क्षेत्रमा काम गर्दै आएका श्रेष्ठले बैंकको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। शाखा संचालन,ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली लगायतका क्षेत्रमा दक्षता रहेका उनी प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन्।करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा गर्दै आएकी शर्माले लामो समयसम्म कर्जा विभागमा काम गरेकी छिन्।
हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएकी छिन्। उनी अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन्।
प्रतिक्रिया दिनुहोस