aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
समता लघुवित्तले कमायो १ करोड ४८ लाख

समता लघुवित्तले कमायो १ करोड ४८ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
समता लघुवित्तले कमायो १ करोड ४८ लाख


काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडे चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा १ करोड ४८ लाख ४८ हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो वित्तीय संस्थाले गत आवको सोही अवधिमा ३६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो वित्तीय संस्थाको नाफामा भएको उल्लेख्य सुधारसँगै संचालन नाफा पनि ३६ लाख ३३ हजार बाट १ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यो वित्तीय संस्थाको चुक्ता पुँजी१ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

यसले सापटीमार्फत लिएको रकम ७२ करोड ८९ लाख छ भने यसको कुल निक्षेप ४४ करोड १९ लाख रुपैयाँ छ । यसले चालू आवको तेस्रो त्रैमाससम्ममा व्याज आम्दानीबाट ११ करोड ९० लाख कमाएको र यसवापतको खर्च ७ करोड १६ लाख गरी ४ करोड ७४ लाख व्याज आम्दानी गरेको छ ।

यसको प्रति शेयर आम्दानी ३४.८९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९६.३१ रुपैयाँ छ । यो वित्तीय संस्थाको प्रति शेयर बजारमा १२४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस