aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्यो ३० प्रतिशत हकप्रद शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
एक्सेल डेभलपमेण्ट बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्यो ३० प्रतिशत हकप्रद शेयर

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म विक्री गरेको उक्त हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा माघ ४ गते सूचीकृत गराए पश्चात सम्बन्धीत शेयरधनीहरको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गरेको थियो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा मात्र शेयर जम्मा भएको हो । यो हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस