aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
पूर्णिमा विकास बैंकको नाफा १८ लाखले घट्यो

पूर्णिमा विकास बैंकको नाफा १८ लाखले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
पूर्णिमा विकास बैंकको नाफा १८ लाखले घट्यो


काठमाडौं । पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ लाख रुपैयाँले घटेको  छ । यो बैैंकले गरेको नाफा गत वर्षको सोही अवधिसम्ममा तुलना गर्दा बैंकको नाफा घटेको हो ।

बैंकले गत आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालू आवको सोही अवधिसम्ममा भने जम्मा ५ करोड ६७ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकको चुक्ताँ पुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको छ ।

यसले चालू आवको तेस्रो त्रैमाससम्मा ३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसले यो अवधिमा गरेको कर्जा प्रवाह ३ अर्ब १२ करोड छ । यसले व्याज आम्दानीबाट ३३ करोड १२ लाख कमाएको र व्याज वापतको खर्च १८ लाख ९४ हजार रुपैयाँ गरेको छ ।

यसको संचालन नाफा भने ८ करोड ८४ लाख रुपैयाँ छ । यो वित्तीय संस्थाको प्रतिशेयर आम्दानी १३७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.७६ रुपैयाँ रहेको पनि उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस