aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

समता लघुवित्तले गर्यो अत्याधिक प्रगति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
समता लघुवित्तले गर्यो अत्याधिक प्रगति

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ करोड ५७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २४९ दशमलव ३१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ७३ लाख रुपैयाँ कमाएको थियो ।

६ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको समताले जगेडाकोषमा ८ करोड ४२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ९१ दशमलव १२ प्रतिशतले वृद्धि गरी ८ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ । 
त्यस्तै कर्जामा ८७ दशमलव ५३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । जसको सम्पत्ति १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

समता लघुवित्तको खुद व्याज आम्दानी ७९ दशमलव ४८ प्रतिशतले बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५४० प्रतिशतले बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीले खुद व्याज आम्दानी भन्दा संचालन मुनाफामा अत्याधिक वृद्धि गरेको छ । जसले गर्दा नाफामा पनि राम्रो प्रगति गरेको हो ।

समता लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १० दशमलव १७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानी अनुपात २६ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ २३८ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात ११ दशमलव २४ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस