aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वदेशी लघुवित्तको नाफामा ९७ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
स्वदेशी लघुवित्तको नाफामा ९७ प्रतिशतले वृद्धि

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ७ करोड ४३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९७ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।

२३ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशीले जगेडाकोषमा १८ करोड ५१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १ अर्ब २ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ ।  त्यस्तै कर्जामा ५७ दशमलव २२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । 

स्वदेशी लघुवित्तको खुद व्याज आम्दानी ५६ दशमलव ४६ प्रतिशतले बढेर २३ करोड १ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९८ दशमलव ३० प्रतिशतले बढेर ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

स्वदेशी लघुवित्तको निष्कृय कर्जा १ दशमलव ५४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १ दशमलव ५४ प्रतिशत, प्रतिशेयर आम्दानी ३९ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १४ दशमलव ७२ गुणा, प्रतिशेयर नेटवर्थ १८० दशमलव ४८ रुपैयाँ र तरलता अनुपात १३ दशमलव १८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस