aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आशा लघुवित्तले लगानीकर्तालाई राम्रो आशा देखाउँदै गर्यो प्रगति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
आशा लघुवित्तले लगानीकर्तालाई राम्रो आशा देखाउँदै गर्यो प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २५३ दशमलव २२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

२० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको आशाले जगेडाकोषमा ३ करोड ८९ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ४९ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा ४८ दशमलव ३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ८९ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ । 

आशा लघुवित्तको खुद व्याज आम्दानी ९१ दशमलव ६६ प्रतिशतले बढेर ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९२ दशमलव ८५ प्रतिशतले बढेर ४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

आशा लघुवित्तको निष्कृय कर्जा १ दशमलव ४९ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९१ प्रतिशत, प्रतिशेयर आम्दानी १८ दशमलव ८९ रुपैयाँ, मुल्य आम्दानी अनुपात २० दशमलव ९१ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ७८ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस