काठमाडौं । सिर्जना फाईनान्स लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १५ करोड ७३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २९ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १२ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
४६ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको सिर्जना फाईनान्सले जगेडाकोषमा २५ करोड ९८ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ संकलन गरी ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।
सिर्जना फाइनान्सको खुद व्याज आम्दानी ३९ दशमलव ०६ प्रतिशतले घटेर १५ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० प्रतिशतले बढेर २४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी घटेपनि संचालन मुनाफा बढेकोले नाफामा केहि वद्धि देखिएको छ ।
सिर्जना फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ३४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ४८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३४ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानी अनुपात ६ गुणा, प्रतिशेयर नेटवर्थ १५६ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात ३९ दशमलव ३३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस