
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ करोड ७५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २३१ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।
२० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको इन्फिनिटीले जगेडाकोषमा ४ करोड २६ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ५१ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा ७९ दशमलव ०४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ ।
इन्फिनिटी लघुवित्तको खुद व्याज आम्दानी १७८ दशमलव ७८ प्रतिशतले बढेर ९ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २९३ प्रतिशतले बढेर ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
इन्फिनिटी लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ७७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ९२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानी अनुपात २० दशमलव ८४ गुणा, प्रतिशेयर नेटवर्थ १२० दशमलव ५६ रुपैयाँ र तरलता अनुपात १० दशमलव ३१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस