aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शेयर बजारका 'ब्लु चिप्स्' लघुवित्त कम्पनीहरुको गत आवमा यस्तो रह्यो अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
शेयर बजारका 'ब्लु चिप्स्' लघुवित्त कम्पनीहरुको गत आवमा यस्तो रह्यो अवस्था

काठमाडौं । शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ । नयाँ आर्थिक वर्षको पहिलो साता सकिँदासम्म ११ वटा लघुवित्त कम्पनीले मात्रै गत आर्थिक वर्षको आफ्ना वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । 

एक वर्षको आधारमा लघुवित्त कम्पनीहरूको वित्तीय अवस्थालाई विश्लेषण गर्दा हरेक कम्पनीले नाफा बढाएका छन् । 

चुक्ता पुँजी तथा खुद मुनाफा
११ वटा लघुवित्त कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी फस्ट माइक्रोफाइनान्सको रहेको छ । जसको चुक्ता पुँजी ६८ करोड ८३ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा खुद मुनाफा १३ करोड ३२ रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा  कम्पनीले ३१ दशमलव ३० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा फस्ट माइक्रोफाइनान्सको नै रहेको छ । 

त्यस्तै सबैभन्दा कम चुक्ता पुँजी समता माइक्रोफाइनान्स कम्पनीको रहेको छ । जसको चुक्ता पुँजी ६ करोड ६ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले २४९ दशमलव ३२ प्रतिशतले नाफा वृद्धि गरी २ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ ।

सबैभन्दा कम नाफा कमाउने जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । जसले नाफा १ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा बढाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । जसले ३ सय ३३ दशमलव २२ प्रतिशतले नाफा बढाएर ६ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । 


अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढाउनेमा आशा लघुवित्त कम्पनी  रहेको छ । यस अवधिमा  कम्पनीले  १ करोड  ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले जम्मा ४ हजार रुपैयाँ नाफा कमएको थियो । जसले ३६ सय गुणाले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस