aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतीय बैंक ठग नेपाल हुँदै क्यानाडा भाग्न लागेको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
भारतीय बैंक ठग नेपाल हुँदै क्यानाडा भाग्न लागेको आरोप

एजेन्सी । भारतको पञ्जाब एण्ड महाराष्ट्र को–अपरेटिभ बैंक (पीएमसी) बैंकका निर्देशक दलजित सिंह बललाई बिहारको रक्सौल सीमाबाट पक्राउ परेका छन । करिब ४ हजार ३५५ करोड रुपैयाँ घोटालाका मुख्य आरोपी मध्ये एक हुन् ।  भारतले उनी नेपाल हुँदै क्यानडा भाग्न खोजेको भन्दै सिंहलाई बुधबार साँझ अध्यागमन विभागको टोलीले पक्राउ गरेको हो । उनको पक्राउ महाराष्ट्र प्रहरीको आर्थिक अपराध शाखालाई जानकारी गराइएको छ।

२०१९ मा सार्वजनिक भएको यो घोटालाको महाराष्ट्र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको थियो । दलजित सिंह बल यस मुद्दामा वान्टेड थिए, तर उनी अनुसन्धान एजेन्सीलाई चक्कमा गरेर फरार थिए ।

सोधपुछका क्रममा दलजितले देश छाडेर नेपाल हुँदै क्यानडा भाग्न खोजेको बताएका छन् ।  रक्सौल सिमाना महाराष्ट्रबाट सजिलै पुग्न सकिन्छ। नेपाल प्रवेश गर्नुभन्दा दुई सय मिटर अगाडि नै अध्यागमन विभागका अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । स्रोतका अनुसार प्रहरी टोली पटना पुगेको छ । तर, यस विषयमा कुनै पनि अधिकारीले केही बोलेका छैनन् ।

२०१९मा, ऋण ठगी र घोटाला बाहिर आएको थियो । यसपछि भारतीय केन्द्रीय बैंक(आरबीआई)ले पीएमसी बैंकको बोर्ड विघटन गरेको थियो । योसँगै आरबीआईले बैंकबाट पैसा झिक्न रोक लगाएको थियो । यो ठगी र घोटालामा बैंकका धेरै उच्च अधिकारीहरु संलग्न रहेको पाइएको छ । रियल स्टेट कम्पनी एचडीआईएललाई दिएको ऋणको बारेमा बैंकले आरबीआईलाई सही जानकारी दिएको छैन । यो ऋणमा पनि घोटाला भएको आरोप छ ।

पीएमसी बैंकले सेप्टेम्बर २०१९ मा एचडीआईएल समूहलाई ६५०० करोड रुपैयाँ भारु गैरकानूनी रूपमा ऋण दिएको थियो । जुन बैंकको कुल कर्जा बुक साइजको ७३ प्रतिशत अर्थात ८८८० करोड रुपैयाँ भारु थियो। बैंकको निक्षेप मार्च २०१९ मा ११,६१७ करोड रुपैयाँ भारु थियो । गत वर्ष अक्टोबरमा मुम्बईको आर्थिक अपराध शाखाले पीएमसी बैंकका पूर्व एमडी जोय थोमस र पूर्व अध्यक्ष वरयम सिंहलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस