
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट संस्था पीडितले पैसा पाउने सम्भावना कम देखिएको छ । सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ र तल्कालिन अध्यक्ष केशवलाल श्रेष्ठ अहिले जेलमा रहेका हुनाले पीडितको रकम तत्काल उठ्ने सम्भावना कम देखिएको हो ।
तामाङ सहित श्रीमती सिर्जना शाक्य र तल्कालिन अध्यक्ष श्रेष्ठ विरुद्ध १५२० बचतकर्ताले ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगी गरेको भन्दै बिगो माग दावी सहित उजुरी दिएका थिए । अध्यक्ष श्रेष्ठ र संस्थाका सल्लाहकार तामाङविरुद्ध सङ्गठित अपराध र ठगीको मुद्दा दायर गर्नुपर्ने माग गर्दै १५२० सदस्यहरुले सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालतमा अभियोग पत्र पेस गरेका छन । तर, अझै पनि बचतकर्ताहरुले पैसा नपाएको सहकारीका बचतकर्ता डिल्ली प्रसाद भट्टराईले बताए ।
उनले भने, ‘संगठित अपराध र ठगीको मुद्दामा इच्छाराज तामाङलाई ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङ विरुद्ध १५०३ जनाले ५ अर्ब ७७ करोड भन्दा बढीको माग दावी सहित जाहेरी दिएका छन । तर, साढे दुई वर्ष देखि कुनै पनि सदस्यहरुले पैसा पाएका छैनन् ।’
तामाङले विभिन्न प्रलोभन देखाएर सदस्यहरुलाई पैसा जम्मा गर्न लगाएको उनी बताउँछन् । उनले भने, ‘इच्छाराज तामाङले चिठ्ठा र ब्याजका प्रलोभन देखाएर बचतकर्ताहरुलाई पैसा जम्मा गर्न लगाए । १५ लाख पैसा जम्मा गर्यो भने चिठ्ठा पर्छ । घर, कार, फ्रिज टिभि पाइन्छ भन्ने प्रलोभन देखाएर पैसा जम्मा गर्न लगाइएको थिए ।’
अहिले आएर धेरैको रकम नदिएको देख्दा ठगी कै लागि बचतकर्ताहरुलाई पैसा जम्मा गर्न लगाएको उनको आरोप छ । उनले भने, ‘इच्छाराज तमाङले विभिन्न प्रलोभन देखाएर सदस्याहरुसँग पैसा उठाएर आफ्नो निजी कम्पनीमा लगानी गर्यो सदस्यहरुलाई दिएन । ठगी कै लागि बचतकर्ताहरुलाई पैसा जम्मा गर्न लगाइएको रहेछ ।’
उनका अनुसार सदस्यहरुले एक करोड रुपैयाँ जम्मा गर्दा १४ प्रतिशतले ब्याज दिने गरेको थियो । तर, त्यो ब्याज सदस्यको खातामा थपिदै गएपनि उनीहरुले भने पाएका थिएनन् । उनी भन्छन्, ‘ब्याज तोके पनि उनीहरुको पैसा मुद्दती खातामा राखेको देखियो तर बचतकर्ताको खातामा भने पैसा देखिएपनि उनीहरुले लान पाएन् । पैसा कागजमा मात्र देखियो । खातामा पैसा देखिए पनि सदस्यहरुले पाएनन् ।’
तामाङले सञ्चालक समितिलाई पनि प्रयोग गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘इच्छाराज तामाङले ठगी गर्न सहकारीका सञ्चालक समितिलाई पनि प्रयोग गरेको छ । पटक पटक गरी ४ अर्ब ७२ करोड, १ अर्ब ३० करोड १ अर्ब ५ करोड, ९५ करोड, ४६ करोड रुपैयाँ सहकारीबाट बिना धितो सञ्चालकको मिलेमतोमा पैसा लगेको थियो ।’
नयाँ खोलेका निजी कम्पनीहरुबाट पनि बैंकमा राखी ऋण लिएर ठगी गरेको उनले जानकारी दिए । उनले भने, ‘तामाङले नयाँ खोलेका निजी कम्पनीहरु पनि बैंकमा राखी ऋण लिएर ठगी गरेको छ पैसा तिरेको छैन ।’ यसरी निजी कम्पनीको नाममा लिएको ऋण नतिरे पनि बैंकहरुले कम्पनी लिलाम गरेर पैसा उठाउँछ तर सदस्यहरुले त्यो पैसा नपाउने उनले गुनासो गरे ।
उनका अनुसार १२ जनालाई थुनामा राखिएको थियो भने ४२ जनालाई प्रतिवादी बनाएको थियो । सञ्चालक समितिका सदस्य सहित भुतपूर्व कर्मचारी अहिलेका कर्मचारी केशवलाल श्रेष्ठ र उसको छोरी र श्रीमती सहित ४२ जनालाई मुद्दा चलाएको उनले जानकारी दिए ।
एक जनालाई बिना धरौटी छोडिएको छ भने अरु नौ जनालाई धरौटीमा छोडेको उनले बताए । उनले भने, ‘तामाङ सहित थुनिएका १२ जनामध्ये एक जनालाई बिना धरौटी छोडिएको छ भने अरु नौ जनालाई धरौटीमा छोडेको छ । सिभिल सहकारीबाट लगेको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको ब्याज समेत गर्दा ११ अर्ब भन्दा बढी भइसक्यो तर अहिले पनि उसले पैसा तिर्ने कुरा गरेको छैन ।’
उनी भन्छन्, ‘यो सरकारवादी मुद्दा भएको छ । उनीहरुलाई सहयोग गर्न हामीले प्राइभेट वकिल पनि राखेका छौ । यो दुवै वकल भएर लड्ने मुद्दा हो । उसले थुनाबाट छुटकारा पाउ भनि भनि उच्च अदालत पाटनमा मुद्दा हालेको छ । तर हामी उनीहरुलाई छुटाउन् पक्षमा छैनौ ।’
उनी भन्छन्, ‘उ सँग अहिले धेरै पैसा छ जेलबाट छुट्यो भने सिभिल सहकारीका ओरिजिनल कागजहरु नष्ट गरे र नयाँ कागज बनाउँछ ।’ उनका अनुसार इच्छाराज उसको श्रीमती र छोरीको नाममा भएको जग्गा सिअइबीले रोक्का गरेको छ । त्यही रोक्का भएको जग्गाबाट पैसा उठ्ने आधार रहेको उनले बताए । यसका साथै श्रीमती र छोरीको नाममा भएका करोडौको शेयर रोक्का गर्न सकेयौं भने पैसा उठाउन सक्छौ, उनले भने ।
सहकारीको भवन पनि निजि कम्पनीका नामसारी गरेर लगेको उनले जानकारी दिए । उनले भने, ‘सदस्यहरुबाट त पैसा ठगी गरेको छ नै यति मात्र नभएर सहकारीको भवन समेत निजी कम्पनीमा नामसारी गरेको छ ।’
सम्पत्ति शुद्धिकरण विभागले पनि दुई वर्षदेखि इच्छाराज तामाङको सम्पत्तिको अनुसन्धान गरिरहेको उनले बताए । उनले भने, ‘सम्पत्ति शुद्धिकरण विभागले पनि दुई वर्षदेखि इच्छाराज तामाङको सम्पत्तिको अनुसन्धान गरि विशेष अदालतमा मुद्धा चलाउन लागेको छ ।’
प्रतिक्रिया दिनुहोस