aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आरम्भ चौतारी लघुवित्तद्वारा लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
आरम्भ चौतारी लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ६७ लाख ६३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस