
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा रहेको सुमार्गी भवन गैरकानुनी तरिकाले भाडामा लगाएको भेटिएको छ । राष्ट्रिय सतर्कता केन्द्रेले गरेको अध्ययनमा अहड ट्रेडलिंक नयाँ बानेश्वरसँग भएको सम्झौता गैरकानुनी भएको देखाएको हो । सुमार्गी भवन पाँच वर्षका लागि तीन लाख एक हजार रुपैयाँमा भाडामा लगाउने गरि २०७२ चैत १७ गते भाडा लगाएको भनिएपनि कुनै पनि कागजात नभेटिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
अहड ट्रेडलिंकले २०७७ फागुन ३० गतेसम्म ८७ लाख ६७ हजार ६४२ रुपैयाँ भाडा बापतको रकम तिर्न पर्ने बाँकी छदै सम्झौता अनुसारको भाडा वृद्धि समेत नगरि थप पाँच वर्षका लागि सम्झौता नविकरण गरिएको दखिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । उक्त भवन सार्वजनिक खरिद ऐन विपरित एक जनालाई मात्र बक्यौता बाँकी छदा छदै पुन पाँच वर्षका लागि सम्झौता नविकरण गरेको देखिन्छ ।
त्यस्तै, कोषको रकम विभिन्न बैंकमा विना प्रतिप्रर्दामा मुद्दती खातामा रकम राखेर कोषको रकम समेत हिनामिना गरेको केन्द्रको रिपोर्टमा उल्लेख छ । कोषको रकम विभिन्न २५ वटा बाणिज्य बैंकमा कोषको अक्षय कोष खाता रहेको छ । विभिन्न २५ वटा बैंकमा ६० करोड ३२ लाख ४ हजार ४०७ रुपैयाँ रकम विना प्रतिस्पर्दा आफू खुशी बैंकमा राखेको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै ११ वटा बैंकमा विना प्रतिस्पर्दा खाता मुद्दती खाता खोलि ७३ करोड ६ लाख ४३ हजार रुपैयाँ कोषका पदाधिकारीहरुले मनपरि गरेरको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै कोषका कर्मचारीहरुको सहयोग कोषको रकम नेपाल इन्भेष्टमेन्ट बैंकमा ४५ लाख रुपैयाँ रहेको छ । विभिन्न बैंकहरुमा गरि जम्मा एक अर्ब ३३ करोड ८३ लाख ४७ हजार ४०७ रुपैयाँ मुद्दती खातामा रहेको छ ।
त्यस्तै, ९९ वटा बैंक तथा वित्तीय संस्थामा बचत खाता खोली एक अर्ब ४७ करोड ७३ लाख ५४ हजार ५८३ रुपैयाँ रहेको छ । मुद्दती र बचत खाता गरि कुल २ अर्ब ८१ करोड ५७ लाख एक हजार ९९० रुपैयाँ रकमको व्याज आम्दानी कतै पनि उल्लेख नभएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस