aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तले कमायो १ करोड ३८ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ माघ २०७८
आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तले कमायो १ करोड ३८ लाख नाफा

काठमाडौं ।अभियान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३८ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १० लाख ३७ हजार ऋणात्मक थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख पुगेको हो । त्यसैगरी गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. २ करोड २० लाख धनात्मक भएको छ ।

त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ७३ करोड सापटि लिएर ,रू. २४ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो । कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा पनि रहेको छ । कम्पनीले ९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।

उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लाई नियुक्त गरेको छ भने हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । आवश्यक प्रक्रिया पुरा गरेर बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस