
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५र०७६ को चौथो त्रैमास वित्तीय खुद मुनाफा २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा ३२ दशमलव १५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ र जगेडा २ अर्ब २५ करोड ६९ लाख रुपैयाँ छुटाएको छ ।
सानिमा बैंकले निक्षेपमा १४ दशमलव ८० प्रतिशत वृद्धि गरी ८९ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ संकलन गरी कर्जा ८१ अर्ब २४ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले कर्जामा २० दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ९८ प्रतिशतले बढेर ४ अर्ब १० करोड १ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३२ दशमलव ७५ प्रतिशतले बढेर ३ अर्ब २० करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको निष्कृय कर्जा शून्य दशमलव ०८ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १३ दशमलव ११ प्रतिशत, प्रतिशेयर आम्दानी २८ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ४१ गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ८७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस