
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १ करोड ५६ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५४ दशमलव ५८ गुणाले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ लाख रुपैयाँ कमाएको थियो ।
८ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी भएको स्पर्सले जगेडाकोषमा १ करोड ५८ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १९१ दशमलव २२ प्रतिशतले वृद्धि गरी १६ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै कर्जामा १३७ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ९० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । स्पर्स लघुवित्तको खुद व्याज आम्दानी २६ दशमलव ६६ प्रतिशतले बढेर ४ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४२ गुणाले वृद्धि गरेको छ । खुद व्याज आम्दानी भन्दा संचालन मुनाफामा अत्याधिक बढेकोले नाफापनि अत्याधिक वृद्धि गरेको हो ।
स्पर्स लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ४९ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ०७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ ११९ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात ६ दशमलव १३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस