aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतको अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
भारतको अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज

एजेन्सी । भारतीय रिजर्व बैंक (आबीआइ) ले मन्था अर्बन कोअपरेटिभ बैंकका अनुमति रद्द गरेको छ । भारतको महाराष्ट्र रहेको उक्त बैंकको लाइसेन्स रद्द गरेको हो । आरबीआईले कमजोर आर्थिक अवस्था देखाउँदै लाइसेन्स रद्द गरेको हो । आरबीआईको यो आदेशपछि बैंकले आफ्नो कारोबार बन्द गर्नुपरेको थियो । आज उनको व्यवसायको अन्तिम दिन रहेको बताएको छ । 

बैंकको आर्थिक अवस्था राम्रो नभएको आरबीआईले जनाएको छ । हालको अवस्थामा बैंकले आफ्ना विद्यमान निक्षेपकर्ताहरूलाई पूरा भुक्तानी गर्न नसक्ने अबस्थामा रहेको छ ।  यस्तो अवस्थामा बैंकले आफ्नो बैंकिङ कारोबारलाई निरन्तरता दिन दिएमा खातावालाको हितमा हुने छैन । लाइसेन्स खारेज भएपछि अब बैंकले निक्षेप लिन वा निक्षेप फिर्ता गर्न पाइने छैन ।

बैंकको इजाजतपत्र खारेज भएपछि खातावालाहरु अहिले आफ्नो जम्मा पुँजीको के हुने हो कि भन्ने डर छ । तर, आरबीआईले बैंक खातावालाहरुलाई चिन्ता नलिनुपर्ने भनेको छ । तरलीकरण पछि निक्षेपकर्ताहरूको ९९ प्रतिशत निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी कर्पोरेशन ऐन, १९६१ को नियम अन्तर्गत आफ्नो निक्षेप प्राप्त हुनेछ ।

आरबीआईले नोभेम्बर २०२० मा मन्था अर्बन कोअपरेटिभ बैंकबाट ६ महिनासम्म रकम झिक्न प्रतिबन्ध लगाएको थियो । रिजर्भ बैंक अफ इन्डियाको लिखित अनुमतिबिना बैंकले कुनै पनि ऋण र अग्रिम नविकरण गर्ने, कुनै लगानी गर्ने छैन भनेर आरबीआईले भनेको थियो ।
 

प्रतिक्रिया दिनुहोस