
काठमाडौं । कृषि को समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना संचालन हुने भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष आइएफएडीबीच वि.स. २०७८ असोजमा भएको सम्झौता बमोजिमको उक्त परियोजना अघि बढ्ने भएको हो । राजश्व सचिव कृष्णहरी पुस्करले ठमेलको एलोफ्ट होटलमा एक कार्यक्रमका बीच विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरेका छन ।
किसान कार्ड÷एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत आइएफएडीबाट करीब ८० मिलियन अमेरीकी डलर वित्तिय ऋण सहयोग उपलब्ध हुने सम्झौतमा उल्लेख छ । यस परियोजना कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंक लाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै राजश्व सचिव पुस्करले यस किसिमको सहयोगले साना कृषकहरुको आयस्तर वृद्धि हुने बताएका छन् । त्यस्तै रोजगारी श्रृजना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्र्पर्धात्मक विकास हुने समेत उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि ÷पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । दात्तृ निकायका तर्फबाट कन्ट्रि डाइरेक्टर रोशन कुकले आफनो अनुभव र कार्यक्रमका बारेमा प्रकाश पार्नु हुंदा कार्यक्रमको सफलताको कामना समेत गरेका थिए । बैंकका प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गरे ।
साथै उहांले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिईएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आइएफएडी लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । उक्त अवसरमा परियोजनाको संक्षिप्त जानकारी बैंकका उपमहाप्रबन्धक बाबु काजी थापा तथा परियोजना निर्देशक विना शर्माले संयुक्त रुपमा प्रस्तुत गरेका थिए । कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिव रमेश कुमार के.सीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस