aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मनी लान्ड्रिंग मुद्दामा राणा र थापरले पाए जमानत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
मनी लान्ड्रिंग मुद्दामा राणा र थापरले पाए जमानत

एजेन्सी । भारतको यस बैंक मनी लान्ड्रिंग मुद्दामा मुम्बईको एक सत्र अदालतले बैंकका पूर्व एमडी र सीईओ राणा कपूर र अवन्ता समूहका गौतम थापरलाई जमानत दिएको छ । थापर उक्त मुद्दामा सह अभियुक्त थिए । राणा कुपरलाई दिल्लीको एकसम्झौतामा ३०० करोड भारुभन्दा बढीको गैरकानुनी  सम्पत्ति शुद्धीकरणको आरोपमा अदालतले जमानत दिएको छ । यसका लागि प्रवर्तन निर्देशनालय (ईडी) ले गत महिना मात्रै आरोपपत्र दायर गरेको थियो ।

राणा कपुर र गौतम थापर सम्बन्धित मुद्दामा जमानत पाए पनि जेलबाट बाहिर आउने छैनन् । त्यसको कारण सोही मुद्दासँग सम्बन्धित अर्को मुद्दामा उनको न्यायिक हिरासतको निरन्तरता हो । जसमा कपुर र थापरले जमानत पाएका थिए । 

वास्तवमा यो मामला दिल्लीको अमृता शेरगिल मार्गमा रहेको बंगलाको सम्झौतामा गैरकानुनी मनी लान्ड्रिङसँग सम्बन्धित छ । यो बंगला राणा कपुरकी श्रीमती विन्दु कपुरको स्वामित्वमा रहेको कम्पनीलाई बेचेको थियो । यस सम्बन्धमा सीबीआईले गत वर्ष मुम्बईमा छुट्टै मुद्दा दर्ता गरेको थियो । पछि सीबीआई एफआईआरको आधारमा, प्रवर्तन निर्देशनालयले यस विषयमा अनुसन्धान ग¥यो र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता ग¥यो ।

प्रतिक्रिया दिनुहोस