aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीन बाणिज्य बैंकले ब्रोकर लाइसेन्सको  निवेदन दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
तीन बाणिज्य बैंकले ब्रोकर लाइसेन्सको  निवेदन दिए

काठमाडौं । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले शुरु भएको  छ । नेप्सले वाणिज्य बैंकलाई धितोपत्र व्यवसाय गर्ने अनुमति (ब्रोकर लाइसेन्स) दिने प्रक्रिया शुरु गर्ने भएको हो । नेप्सेका अनुसार यसै साताभित्र यो प्रक्रिया शुरु गर्न लागिएको हो । वाणिज्य बैंकको सहायक कम्पनी मार्फत धितोपत्र कारोबार गर्न पाउने गरी नेप्सेले लाईसेन्स दिन लागेको जानकारी दिएको छ । 

पहिलो चरणमा वार्षिका साधारण सभाले यस सम्बन्धी प्रबन्धपत्र र नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकमार्फत स्वीकृति लिएका बैंकहरुले ब्रोकर लाईसेन्सको लागि नेप्सेमा निवेदन दिन सक्नेछन् । नेप्सेका अनुसार हालसम्म राष्ट्र बैंकबाट पहिलो चरणको सैद्धान्तिक सहमति पाएका ती बैंकहरु प्रभु, सानिमा बैंक र एनआइसी एशियाले ब्रोकर लाईसेन्सको लागि नेप्सेमा निवेदन दिएका छन् । 

राष्ट्र बैंकको स्वीकृति पश्चात सहायक कम्पनीको रुपमा एनआईसी एशिया बैंकले एनआईसी एशिया सेक्यूरिटिज, सानीमा बैंकले सानीमा सेक्यूरिटिज र प्रभू बैंकले प्रभू स्टक मार्केट नामको सहायक कम्पनी दर्ता गरिसकेका छन् । सिटिजन्स बैंकले सिबिआईएल सेक्यूरिटिज नामको सहायक कम्पनी दर्ता गरिसकेपनि हालसम्म नेप्सेमा लाईसेन्स लिने प्रकृया अघि बढाएको छैन् । 

नेपाल धितोपत्र बोर्डले साउन २ गते नेप्सेलाई तोकिएको मापदण्ड पुरा गरी वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद विक्री गर्न पाउने गरी लाईसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस