
‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफ कमाउने बैंक बनेको छ ।
करिब डेढ दशकअघि वित्तीय स्थिति अन्यन्त कमजोर अवस्थामा पुगेको यो बैंकले राष्ट्र बैंक, सरकार र बैंकको नेतृत्व गर्ने टिमका कारण पुनर्जन्म पाएको हो ।
मुलुकका २८ वाणिज्य बैंकमध्ये गत वर्ष करिब साढे चार अर्ब रुपैयाँ नाफा कमाउने पहिलो बैंक बन्न सफल भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार गत वर्ष बैंकले साढे चार अर्ब रुपियाँभन्दा नाफा कमाएके हो ।
‘चार अर्ब २५ करोड रुपियाँ नाफा कमाउने लक्ष्य थियो,’ श्रेष्ठले भने, ‘अन्तिम ब्यालेन्स सिट बन्ने क्रममा भए पनि साढे चार अर्ब रुपियाँभन्दा बढी नाफा कमाएका छौं ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस