
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले फागुन ७ गतेका लागि बोलाएको २५औं वार्षिक साधारण सभा स्थगित भएको छ । सभाका लागि गणपूरक शेयरधनीहरुको सहभागी संख्या नपुगकोल सभा स्थगित गरिएको जानकारी कम्पनीले दिएको छ । स्थगित सभा फागुन २२ गते आइतवार पुनः बोलाइएको छ । कम्पनीले गायत्री कुञ्ज, अतिथि सदन, जनकपुरधाममा विहान ११ः३० बजे पुनः सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम रुप दिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यस अघि माघ २४ गतेदेखि फागुन ६ गतेसम्मको बुक क्लोज मिति तय गरिसकेको थियो । सोही मितिलाई आगामी साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेकाले माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस