aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जीवन विकास लघुवित्तद्वारा पहिलो वर्ष नै ७३.६८ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
जीवन विकास लघुवित्तद्वारा पहिलो वर्ष नै ७३.६८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ६० करोड ८४ लाखको आधारमा ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस कम्पनीले २०७८ साल असार २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस