aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२६ लाखभन्दा बढीले भरे राष्ट्र उत्थान लघुवित्तको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
२६ लाखभन्दा बढीले भरे राष्ट्र उत्थान लघुवित्तको आईपीओ

काठमाडौं । फागुन चार गतेदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् । अन्तिम दिनसम्म मागभन्दा ३८ दशमलव ३० गुणा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको हो । सिडिएससीका अनुसार यी आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद माग भएको हो । 

कम्पनीले जारी पुँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । 

कम्पनीको आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू. २६ करोड पुग्नेछ ।

 धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेट्वर्थ रू. १६७ दशमलव ४३ छ । 

प्रतिक्रिया दिनुहोस