
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृृत गरेको छ । कम्पनीले सुचना जारी गर्दै प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांशलाई राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित गराउने बाटो खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८० करोड १ लाखको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस