aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ ल्याउने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ फागुन २०७८
आईपीओ ल्याउने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते देखि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ८ लाख २८ हजार ७५०  कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । कुल कित्ता मध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

आईपीओ निष्कासन बन्द मिती छिटोमा फागुन १५ र ढिलोमा फागुन २५ गते सम्म रहेको छ । यस आईपीओमा आवेदकले न्यून्तम १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयबाट आवेदन दिन सक्नेछन् । आइपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । 

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ७३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ करोड २३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घटेकाले नाफा घटेको हो । साथै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा घटेको देखिन्छ । 

गत आवको दोस्रो त्रैमासससम्ममा कम्पनीको नित्रिष्क्रय कर्जा २ दशमलव ०८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ६ दशमलव ०९ प्रतिशत पुगेको हो । कम्पनीले जगेडामा रू. ५४ करोड ३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३३ करोड ३४ लाख सापटि लिएर,रू.२ अर्ब ३७ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब २१ करोड कर्जा लगानी गरेको हो । हालसम्ममा कम्पनीले ५६ वटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय पर्वत कुश्माबजारमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस