
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ११ करोड ९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६ दशमलव ७२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।
२४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडाकोषमा २४ करोड ४६ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १ अर्ब ३० करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गरी ३ अर्ब ५६ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ ।
लक्ष्मी लघुवित्तको खुद व्याज आम्दानी २५ दशमलव ९४ प्रतिशतले बढेर ३० करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० दशमलव ०७ प्रतिशतले बढेर १७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा २ करोड ५२ लाख रुपैयाँ छुटाएको छ ।
लक्ष्मी लघुवित्तको निष्कृय कर्जा १ दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ३१ प्रतिशत, प्रतिशेयर आम्दानी ४५ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानी अनुपात १४ दशमलव ४२ गुणा, प्रतिशेयर नेटवर्थ २०१ दशमलव ११ रुपैयाँ र तरलता अनुपात ५ दशमलव २५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस