aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नोक्सानमा रहेको गणपति माइक्रोफाइनान्सले ३ करोड नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
नोक्सानमा रहेको गणपति माइक्रोफाइनान्सले ३ करोड नाफा बढायो

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ करोड ४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा २७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

१० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी भएको गणपति माइक्रोफाइनान्सले जगेडाकोषमा १ करोड ७१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा २३ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ६३ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ८७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।

गणपति माइक्रोफाइनान्सको खुद व्याज आम्दानी १६० दशमलव ८६ प्रतिशतले बढेर ६ करोड ९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहिअवधिमा संचालन मुनाफा २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

गणपति माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ११ प्रतिशत, प्रतिशेयर आम्दानी २९ दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानी अनुपात १२ दशमलव ११ गुणा, प्रतिशेयर नेटवर्थ ११६ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात १० दशमलव १९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस