
काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १ करोड ७९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
७ करोड रुपैयाँ चुक्ता पुँजी भएको सारथी लघुवित्तले जगेडाकोषमा १ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १९ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २७९ दशमलव २४ प्रतिशतले वृद्धि गरी ८० करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।
सारथी लघुवित्तको खुद व्याज आम्दानी ७ गुणाले बढेर २ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहिअवधिमा संचालन मुनाफा १३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
सारथी लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशत र जोखिम युक्त सम्पत्ति ९ दशमलव ७० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस