aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य ९.१० प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य ९.१० प्रति इकाई

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य असार महिनामा ९ दशमलव १० प्रति इकाई रहेको छ । जबकी जेठको अवधि भन्दा शुन्य दशमलव १ प्रति इकाईले घटेको हो । गत जेठ महिनामा ९ दशमलव २० प्रति इकाई रहेको थियो ।

लक्ष्मी इक्विटी फण्डले ८७ करोड २० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७६ करोड ५७ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा २ करोड रुपैयाँ लगानी गरेको छ ।

लक्ष्मी इक्विटी फण्डको आम्दानी १३ करोड २२ लाख रुपैयाँ नोक्सानमा रहेको छ भने खर्च पनि २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी बैंक अफ काठमाडौं लिमिटको १ लाख ५ हजार २ सय ५० कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ५९ हजार ६ सय २२ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ८० हजार ३ सय ३५ कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ हजार ५ सय ४७ कित्ता, निर्जीवन बीमा कम्पनीमा प्रिमियर इन्स्योरेन्सको ५९ हजार १ सय ८५ कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० हजार ८ सय ६२ कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस