
काठमाडौं । सिद्धार्थ इक्विटी फण्डको खुद सम्पतिको मुल्य असार महिनामा ११ दशमलव २४ प्रति इकाई रहेको छ । जबकी जेठको अवधि भन्दा शुन्य दशमलव ०३ प्रति इकाईले घटेको हो । गत जेठ महिनामा ११ दशमलव २७ प्रति इकाई रहेको थियो ।
सिद्धार्थ इक्विटी फण्डले ९७ करोड ६ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ८७ करोड ६० लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ५ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।
सिद्धार्थ इक्विटी फण्डको आम्दानी १९ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंक लिमिटको ३ लाख ६५ हजार ७ सय ८२ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको १९ हजार ५ सय ९९ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको ८२ हजार ४ सय कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २९ हजार २ सय ५० कित्ता, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सको ४२ हजार ७ सय ५८ कित्ता र लघुवित्तमा सबैभन्दा बढी आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ३० हजार २ सय ९८ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस