aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण

काठमाडौं । सिभिल बैंकले नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट प्रदान गरेको छ । बैंकले  सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार  उक्त ज्याकेट  हस्तान्तरण गरेको हो । 

 सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलद्वारा महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ. राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन । 

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ र सोही कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस