aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एन आई सी एशिया बैंकद्वारा एलईडी टि.भी सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
एन आई सी एशिया बैंकद्वारा एलईडी टि.भी सहयोग


काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन । एन आई सी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९३ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवाबाट सेवा दिइरहेको छ ।  
१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस