aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

एक हप्तामा एक अर्ब निक्षेप संकलन हुँदा ६ अर्ब कर्जा प्रवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ फागुन २०७८
एक हप्तामा एक अर्ब निक्षेप संकलन हुँदा ६ अर्ब कर्जा प्रवाह

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा झिनो सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढेको हो ।      
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।

फागुन ६ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन १३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।  

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर फागुन १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको हो ।        
 

प्रतिक्रिया दिनुहोस