
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आव २०७५र७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १३ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ अर्ब २ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल एसबिआई बैंकको रिटर्न अडिङ्ग १ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ र जगेडामा ३ अर्ब ८२ करोड १६ लाख रुपैयाँ छुटाएको छ ।
बैंकले निक्षेपमा १६ दशमलव २० प्रतिशतले वृद्धि गरी ९७ अर्ब ८८ करोड ८ लाख रुपैयाँ संकलन गरी कर्जामा ८४ अर्ब ३० करोड ५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १४ दशमलव ५२ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३ दशमलव ४७ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २० प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ०१ प्रतिशत, कोषको लागत ६ दशमलव १५ प्रतिशत, सिसिडि रेसियो ७४ दशमलव ३८ प्रतिशत, आधार व्याजदर ९ दशमलव ७२ प्रतिशत र स्प्रेड दर ४ दशमलव ४३ प्रतिशत रहेको छ ।
जसको प्रतिशेयर आम्दानी २७ दशमलव २६ रुपैयाँ, बजार मुल्य ४६९ रुपैयाँ, मुल्य अनुपात १७ दशमलव २० गुणा, नेटवर्थ १६७ दशमलव ६९ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ८३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस