aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेरोे माइक्रोफाइनान्सको नाफा ७६ प्रतिशतले वृद्धि गरी १६ करोड कमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
मेरोे माइक्रोफाइनान्सको नाफा ७६ प्रतिशतले वृद्धि गरी १६ करोड कमाए

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १६ करोड ७६ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ७६ दशमलव ९३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।

६५ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेरो माइक्रोफाइनान्सले जगेडाकोषमा ३३ करोड ९० लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ३९ दशमलव ३९ प्रतिशतले लगानी बढाएको छ । निक्षेपमा १ अर्ब २१ करोड ६ लाख रुपैयाँ संकलन गरेको छ ।

मेरो माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५५ दशमलव ०४ प्रतिशतले बढेर ३६ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५४ दशमलव ७२ प्रतिशतले बढेर २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । 

मेरो माइक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव २० प्रतिशत, जोखिम युक्त सम्पत्ति १९ दशमलव ७० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिकिरण २५ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव २३ गुणा, तरलता अनुपात २४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२६ दशमलव ०७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस