aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नोक्सानमा रहेको त्रिलोक लघुवित्तले नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
नोक्सानमा रहेको त्रिलोक लघुवित्तले नाफा बढायो

काठमाडौं । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १ करोड ४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा ५७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

६ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी भएको त्रिलोक लघुवित्तले जगेडाकोषमा ४७ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १४ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ५९५ दशमलव ७४ प्रतिशतले वृद्धि गरी लगानी बढाएको छ । 

त्रिलोक लघुवित्तको खुद व्याज आम्दानी २६ गुणाले बढेर २ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिमा संचालन मुनाफा घटेको थियो ।
    
त्रिलोक लघुवित्तको जोखिम युक्त सम्पत्ति १० दशमलव ८९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस