aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बसुन्धरामा खुल्यो नमो नारायण सहकारी

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • मंगलबार, १४ साउन २०७६
बसुन्धरामा खुल्यो नमो नारायण सहकारी

काठमाडौं । राजधानीको उत्तरी भेगलाई आफ्नो कार्य क्षेत्र बनाएर नमो नारायण बचत तथा क्रण सहकारी संस्था स्थापना भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकारी नेपाली कांग्रेसका क्षेत्रीय सभापति धर्मराज अर्यालले उद्घाटन गरेका छन् ।

टोखा र तारकेश्वर क्षेत्रका वडा अध्यक्षहरूको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त सहकारीको उद्घाटनपश्चात आजैबाट कारोबारसमेत शुरू भएको छ । टोखा नगरपालिका–६ स्थित बसुन्धरा (प्रहरी चौकी अगाडि) स्थापित उक्त सहकारीमा लामो समयसम्म सहकारीलगायतका क्षेत्रका सक्रिय एवम् अनुभवी सञ्चालकहरू रहेका छन् ।

सहकारीमा कमल न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समितिसमेत गठन भएको छ ।  त्यस्तै सहकारीको प्रबन्धक निर्देशकमा सुरजकुमार बन रहेका छन् भने प्रबन्धकमा दिवाकर कार्की र ऋण प्रबन्धकमा भोला घिमिरे रहेका छन् ।

संस्था स्थापनाको अवसरमा बोल्दै सहकारीका अध्यक्ष कमल न्यौपानेले छरिएर रहेको पुँजीलाई एकीकृत गर्नुका साथै ग्राहकको बचतलाई सुरक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी गर्नका निम्ति सहकारी स्थापना भएको बताए ।

उनले व्यावसायिक क्षेत्रमा कर्जा प्रदान गर्दै प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सर्वसाधारणसँग रहेको निस्क्रृय पुँजीलाई प्रतिस्पर्धात्मक वित्तीय बजारमा लगानी गरी निक्षेपकर्तालाई आकर्षक ब्याज प्रदान गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।

सर्वसाधारणबाट संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै रोजगार र आयआर्जन सिर्जना गर्नुका साथै शेयर सदस्यहरूलाई पनि आकर्षक मुनाफा प्रदान गर्ने उद्देश्य रहेको न्यौपानेले बताए ।

संस्थामा साधारण बचत खाता, नवकोपिला बचत खाता, १५ महिने आकर्षक बचत खाता, नारी विशेष बचत खाता, ३६ महिने बचत खाता,आवधिक बचत खाता , १९० दिने आकर्षक बचत खाता, ३६५ दिने बचत खाता, खुत्रुक्के बचत खाता, नमोनारायण इस्योरेन्स बचत खाता, (एक वर्षको जीवन बीमा) नमोनारायण विशेष भ्रमण योजनालगायतका योजना तथा स्क्रिम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस