aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ सूचीकृत, आइतवार देखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ फागुन २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ सूचीकृत, आइतवार देखि कारोबारमा आउने

काठमाडौं । शुक्रवार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आइपीओ सुचिकृत भएको हो ।  

अव कम्पनीको शेयर अव कम्पनीको शेयर आइतबार देखि कारोबारमा आउनेछ । कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ । 

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनु पर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्से मार्फत जानकारी गराएको हो ।  
 

प्रतिक्रिया दिनुहोस