aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार राधा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० फागुन २०७८
बैंकिङ कसूर मुद्दाका फरार राधा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । 

राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको ‘सानिमा नारी वचत’ खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकोमा भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस