aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
माछापुच्छ्रे बैंकको १ लाख ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक शेयर चैत १ गते मंगलवारदेखि लिलामीमा आएको छ । बैंकले भरत कुमार श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी लिलामीमा ल्याएको हो । 

यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय शेयर विभाग पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । राष्ट्र बैंकको निर्देशनको अधिनमा रही विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई यो शेयर लिलामीमा विक्री गर्न लागिएको बैंकको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस